sevenstartv.com ९ चैत २०८२, सोमवार

अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । 

कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो । राष्ट्रपति ट्रम्पले कार्यालय फर्कन नचाहने लगभग सबै संघीय कामदारलाई लक्षित गर्दै सो प्याकेजमार्फत् बहिर्गमनको प्रस्ताव गरेका हुन् ।

मंगलबार करिब एकै समयमा लाखौं कर्मचारीलाई इमेल सन्देश पठाउँदै ट्रम्प प्रशासनले कामदारलाई फेब्रुअरी ६ सम्ममा निर्णय लिन भनेको छ । बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार ट्रम्प प्रशासनले १० प्रतिशत कर्मचारीले प्रस्ताव स्वीकार गर्ने वा संघीय सरकारले काम गर्ने २० लाखभन्दा बढी कामदारमध्ये करिब दुई लाखले स्वीकार गर्ने अपेक्षा गरेको छ । 

ट्रम्पका वरिष्ठ अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई उक्त खरिदले सरकारलाई एक सय अर्ब डलरसम्म बचाउन सक्ने बताए । जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता संघीय खर्च कटौतीविरुद्ध यो अहिलेसम्मकै ठूलो कदम हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्