sevenstartv.com १० चैत २०८२, मङ्गलवार

बुसानको विमानस्थलमा रहेको विमानमा आगलागी

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

दक्षिण कोरिया  । दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार स् यात्रुवाहक विमानमा आगलागी भएको छ । आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो । अग्नि नियन्त्रण अधिकारीहरूले सियोलबाट लगभग ३२० किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानको विमानस्थलबाट चीनको हङकङका लागि उडेको एयर बुसानको विमान उडान भर्नुअघि पुच्छरमा आगो लागेको बताए । सवार सबै १६९ यात्रु र सात चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकालिएको थियो ।

तीन जना घाइते भएको बताइएको छ । योनहापले विमानको पुच्छरबाट आगो शुरु भएपछि जहाजको फ्युजलेजमा फैलिएको देखिएको बताएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले आगो पूर्ण रूपमा निभाइसकेको बताएका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्