sevenstartv.com १० चैत २०८२, मङ्गलवार

इजरायलद्वारा २ सय प्यालेस्टिनी कैदी रिहा

१४ माघ २०८१, सोमवार स्टार संवाददाता

इजरायल । इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले कैदीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको बताउनु भयो । केही कैदीहरूलाई ओफर जेलबाट वेस्ट बैंकमा रिहा गरिएको थियो भने गाजा वा विदेश निर्वासनको लागि लगिएका अरूलाई दक्षिणी इजरायलको नेगेभ जेलबाट रिहा गरिएको थियो । रामल्लाह गभर्नरेटका प्यालेस्टिनी अधिकारीहरूले पनि रिहाको समन्वय गरेका थिए । रिहा गरिएकाहरूमध्ये १६ जना गाजा गए । प्यालेस्टिनी कैदी मामिला प्राधिकरणकाअनुसार २०० कैदीहरूमा १२१ जना आजीवन कारावासको सजाय भोगिरहेका थिए । ७९ जना लामो सजाय भोगिरहेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्