sevenstartv.com १० चैत २०८२, मङ्गलवार

टर्कीको होटलमा आगलागी : ७६ जनाको मृत्यु

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ । 

आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताए । आगलागी होटलको भान्साबाट शुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ३ बजेको समयमा आगलागी भएको थियो । 

उक्त पर्यटकीय होटल चिसो र हिउँ जमेको स्थानमा भएकाले दमकल पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो । दमकल पुगेपछि पनि आगो निभाउन झण्डै १२ घण्टा लागेका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनापछि प्रहरीले होटलका मालिकसहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्