sevenstartv.com ६ मंसिर २०८२, शनिवार

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार विश्वासको मत लिने भएका छन् ।

 

नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव सोमबार राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको छ । उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जानकारी दिए ।

 

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी माओवादी केन्द्रका १३, नेपाल कम्युनिष्ट पार्टी एमालेका १०, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक-एक प्रदेशसभा सदस्य रहेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्