sevenstartv.com ६ मंसिर २०८२, शनिवार

कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुने भएको छ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने जनाइएको छ ।

 

आज राष्ट्रपतिबाट शपथ लिएका नवनियुक्त प्रदेश प्रमुख जोशी बिहान मात्रै सुर्खेतका पुगेर पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको पदभार पछि आज नै कांग्रेस सरकारमा जाने निश्चित भएको कांग्रेस हो । कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै टुंगो लागिनसकेको छैन् । शीर्ष नेताहरूले सरकारमा जाने मन्त्रीहरूको नाम पठाएपछि मुख्यमन्त्रीलाई बुझाइने बताइएको छ ।

 

कांग्रेस नेता जीवनबहादुर शाही र उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीका लागि अन्तिम नामावली पठाउने छन् । जाजरकोटबाट निर्वाचित सांसद् राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने स्रोतको दाबी छ । दैलेखका सांसद् घनश्याम भण्डारी, सल्यानका सुरेश अधिकारी र हुम्लाकी विजया बुढा मन्त्रीका मुख्य दाबेदार हुन् । शाह नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाले वरिष्ठताका आधारमा उनकै नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो ।

 

स्रोतका अनुसार शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग पर्यटन वन तथा वातावरण र बुढालाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । चारमध्ये तीन जना संस्थापन पक्षधर हुन् भने सल्यानका सुरेश अधिकारी इतर पक्षधर हुन् । ८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ भने चार वटा कांग्रेसले सम्हाल्ने सहमति भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्