sevenstartv.com १० चैत २०८२, मङ्गलवार

४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन् ।

ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका हुन् । उनले आज नेपाली समय अनुसार रातको १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा शपथ लिनेछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन् । 

औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीको ‘परेड’ र साँझमा औपचारिक ’बल डान्स’ समेत हुनेछ । शपथ ग्रहणकै दिन उनले कडा आप्रवासन नीतिबारे अध्यादेश ल्याउने तयारी गरेका छन् । अध्यादेश तयार भइसकेको र राष्ट्रपति पदको शपथग्रहणसँगै कार्यान्वयनमा जाने अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ  ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्