sevenstartv.com १० चैत २०८२, मङ्गलवार

ट्रम्पको आश्वासनपछि अमेरिकामा चल्न थाल्यो टिकटक

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ । 

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने बताएका बीबीसीले जनाएको छ । आइतबार नै केही घन्टापछि टिकटकले सामाजिक सञ्जालमा सूचना जारी गर्दै सेवा सुरु हुने बताएको थियो ।

उसले अमेरिकामा टिकटक पुनः सुरु गर्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने बताएको हो । अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्डसको सेयर बेच्न भनेको थियो ।

यो सँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो ।  सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्