sevenstartv.com १० चैत २०८२, मङ्गलवार

गाजा युद्धविराम सम्झौतामा सहमति, इजरायली प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

४ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले ‘बन्धकहरूलाई रिहा गर्ने सम्झौता’ मा सहमति भएको जनाएको छ ।

हमासले अन्तिम समयमा सम्झौतामा परिवर्तनहरू गर्न खोजेको आरोप लगाउँदै इजरायली प्रधानमन्त्री नेतान्याहुले विहीबार मन्त्रिपरिषद्बाट गाजा युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने प्रक्रियामा ढिलाइ गरेका थिए । 

नेतान्याहुको कार्यालयद्वारा वार्ताका लागि गठित टोलीले शुक्रबार बिहान प्रधानमन्त्रीलाई युद्धविराम सम्झौतामा सहमति भएको जानकारी दिएको खबरमा उल्लेख छ । नेतान्याहुको कार्यालयले मन्त्रिपरिषद् बैठक बोलाउन आदेश दिएको र यसपछि सम्झौता स्वीकृत हुनेछ ।

यसबारे बन्धकका परिवारलाई जानकारी गराइएको छ । इजरायली मिडिया रिपोट्र्का अनुसार इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन् । महिनौंदेखिको वार्ता तथा छलफलपछि इजरायली वार्ताकारहरू युद्धविरामको सम्झौतामा सहमत भएका हुन् । 

अब आइतवारदेखि युद्धविराम सम्झौता पूर्णरूपमा लागू हुने बताइएको छ । यसैबीच हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार युद्धविराम सम्झौता घोषणा भएयता गाजामा इजरायलले गरेको आक्रमणमा परेर ८० जनाभन्दा धेरैको मृत्यु भएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा १ हजार २०० जना मारिएपछि इजरायलले गाजामा जवाफी आक्रमण शुरू गरेको थियो । त्यस क्रममा हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो । इजरायलको आक्रमणमा परेर गाजामा ४६ हजार ७ सय जनाभन्दा धेरैको मृत्यु भएको बताइएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्