sevenstartv.com १० चैत २०८२, मङ्गलवार

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

३ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । गएराति मुमबईको बान्द्रास्थित घरमा पसेर आक्रमणकारीले उनलाई धारिलो हतियारले आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए । एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए। त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो । यस क्रममा खान घाइते भएका हुन् । 

घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो । लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो छन् । एउटा घाउ मेरुदण्डको छेउमा लागको छ । उनको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । 

आक्रमणकारी घटनास्थलबाट भागेको र खोजी गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्