sevenstartv.com २१ वैशाख २०८३, सोमवार

टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२० साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गर्न निस्किएका एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् ।

 

बिहान करिब सवा ५ बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको प्रहरीले बताएको छ ।

 

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको छ । स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जानकारी दिएको छ । बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्