sevenstartv.com १० चैत २०८२, मङ्गलवार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल पक्राउ

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । दक्षिण कोरियामा भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यून सुक योललाई पक्राउ गरेका छन् । यूनलाई मोटरमा राखेर सीआईओको मुख्यालयतर्फ लगिएको कोरियाली समाचारमाध्यम योनहापले जनाएका छन् । 

निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरू सिँढीको प्रयोग गरेर राष्ट्रपति निवासभित्र प्रवेश गरेका थिए । ।सत्तारुढ दलका केही सांसद र यूनका कानुन व्यवसायीहरूको एक समूहले पनि उनीहरूलाई प्रवेशद्वारमै रोक्ने प्रयास गरेको थियो । 

राष्ट्रपति आवास बाहिर यूनका समर्थक र विरोधीको ठूलो भीड लागेको छ । निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न अदालतले डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो । महाभियोग पारित भएसँगै निलम्बनमा परेका यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ । संवैधानिक अदालतले महाभियोग सदर गरेमा यून पदबाट बर्खास्त हुनेछन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्