अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको हो ।
भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् ।
