sevenstartv.com १० चैत २०८२, मङ्गलवार

क्यालिफोर्नियामा फैलिएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या १६ पुग्यो, क्षति अझै बढ्ने आशंका

२८ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिकामा केही दिनदेखि सल्किरहेको आगोमा परेर मर्नेको संख्या बढ्दै गएको छ । क्यालिफोर्निया राज्यमा अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ । ११ जनाले इटनको आगोका कारण ज्यान गुमाएका हुन् भने ५ जनाले पालिसेडमा भएको आगलागीमा ज्यान गुमाएका हुन् । 

पालिसेडको आगो पूर्वतर्फ फैलिरहेको छ । यसै कारण ब्रेन्टफोर्डमा सतर्कता अपनाउन भनिएको छ । आइतबार बिहानै सान्टा आना हुरीका कारण स्थिति झनै तनावग्रस्त बनेको छ । लस एन्जलसको आगो निभ्नेतिर देखिए पनि हावा हुरीका कारण समस्या बढेको छ । अहिले लस एन्जलसमा अनधिकृत निजी ड्रोनहरू उडिरहेका छन् । यसले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सरकारले चेतावनी दिएको छ ।

 २४ घण्टामा निषेधित क्षेत्रमा ३० वटासम्म अनधिकृत ड्रोन उडाइएको समाचारमा उल्लेख छ । आगोले मालिबु सहरको पूर्वतर्फको एकतिहाइ संरचना नास भएका छन् । मालिबुका मेयरका अनुसार पछिल्ला तीन महिनामा तीनवटा आगो आए पनि अहिलेको आगो बढी घातक र खतरनाक रहेको छ ।।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्