अमेरिकामा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन
काठमाडौं । अमेरिकाको लस एन्जलसमा डढेलोको प्रकोप अझ बढेको छ । १० आर्कबाट सुरु भएको डढेलो बढेर २९ सय आर्कसम्म फैलिएको छ । ३० हजार मानिसलाई अन्यत्र सर्न भनिएको छ । १३ हजार भवन अहिले खतरामा छन् ।
विस्थापित हुनेमा देशका नाम चलेका सेलिब्रेटी समेत छन्। अभिनेता एयुगेन लेभी र जेम्स उड पनि विस्थापित भएका छन्। जङ्गलमा हुरी बतास पनि चलिरहेको जनाइएको छ। ११५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेपछि डढेलोको जोखिम अझ बस्तीसम्म बढेको हो ।
