sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भूकम्पबाट चीनमा ९ जनाको मृत्यु

२३ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।

आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्