sevenstartv.com १० चैत २०८२, मङ्गलवार

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी

२२ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई  दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । 

उनको १५ वर्षे कार्यकालमा उनका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या भएको र व्यापक रूपमा मानव अधिकार उल्लंघन भएको आरोप लागेको छ । घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक ताजुल इस्लामले दोस्रो पक्राउ पुर्जी उनको शासनकालमा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिसँग सम्बन्धित रहेको बताए । 

बंगलादेशी सुरक्षाकर्मीले ५०० भन्दा बढी व्यक्तिलाई गैरकानूनी रूपमा नियन्त्रण गरेका थिए भने तीमध्ये केहीलाई वर्षौंदेखि गोप्य स्थानमा राखिएको थियो । पूर्व प्रधानमन्त्री हसिनाले सत्ता छोडेसँगै पीडितले भोगेका पीडादायी घटना सार्वजनिक गर्न थालेका छन् । बंगलादेशले गत डिसेम्बरमा भारतलाई हसिनालाई मुद्दाको सामना गर्न फिर्ता पठाउन आग्रह गरेपनि दिल्लीले त्यसको जवाफ दिन अस्वीकार गरेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्