आज विश्व हात्ती दिवस मनाइँदै
काठमाडौं । आज विश्व हात्ती दिवस मनाइँदैछ । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै यो दिवस मनाइन्छ ।
नेपालमा विशेषगरी पश्चिम तराई र चुरे(तराई क्षेत्रमा बढी जंगली हात्ती बस्छन् । राष्ट्रिय निकुञ्ज र होटलले भने हात्तीलाई घरपालुवा जनावरको रूपमा पनि पाल्दै आएका छन् । निकुञ्जहरुले पर्यटकलाई जंगल सफारीका लागि हात्ती पाल्दै आएका छन् ।
नेपालमा सबैभन्दा बढी जंगली हात्ती बर्दिया बाँके करिडोरमा पाइन्छ । विभिन्न अध्ययन अनुसार नेपालका ४२ हजार ४५६ वर्गकिलोमिटर क्षेत्रमध्ये १२ हजार ६९ वर्ग किलोमिटर क्षेत्र मात्र हात्तीको उपयुक्त बासस्थान हो ।
झापामा पछिल्लो समय परम्परागत ९रैथाने० हात्तीको संख्या बढेको छ । पछिल्लो १४ वर्षमा झापामा हात्तीको आक्रमणबाट ६७ जनाले ज्यान गुमाएका छन् भने २१ वटा हात्ती मरेका छन् ।
