दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६२ पुग्यो
काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । १ सय ८१ जना सवार विमान आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
थाल्याण्डको बैंककबाट १ सय ७५ यात्रु र चालक दलका ६ सदस्यसहित फर्किएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लाग्दा रन-वेमा चिप्लिएर विमानस्थलको बारमा ठोक्किन पुगेको थियो ।
योनहाप समाचार एजेन्सीले विमानको ल्याण्डिङ गेयरमा समस्या आउँदा दुर्घटना भएको अनुमान गरिएको उल्लेख गरेको छ । घाइते अवस्थामा उद्धार गरिएकाहरुलाई अस्पताल भर्ना गरिएको छ ।
