sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भारतीय सेनाका ब्रिगेडियर झाको निधन

१० पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । भारतीय ब्रिगेडियर अमिताभ झाको निधन भएको छ । सिरियाको गोलान हाइट्समा उनको स्वास्थ्य कारण मृत्यु भएको भारतीय सेनाले जनाएको छ । उनको पार्थिव शरीर भारत ल्याइँदैछ । 

गोलान हाइट्समा संयुक्त राष्ट्र संघको डिसङ्गेजमेन्ट अब्जर्भर फोर्सको डेपुटी फोर्स कमाण्डरको रूपमा कार्यरत झा झा मृत्युको समयमा मिसनको कार्यवाहक फोर्स कमाण्डर पनि थिए ।

भारतीय सेनाले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै एक अनुभवी अधिकारी गुमाउनु परेको उल्लेख गरेको छ । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाका प्रयासहरूमा उनको योगदानलाई सँधै सम्झिरहेको बताएका छन् । 

ब्रिगेडियर झा लगायत शान्ति सेनाले युद्धविराम सम्झौताहरू अनुगमन गर्न, मानवीय प्रयासहरूलाई सहज बनाउन र क्रस फायरमा परेका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । ब्रिगेडियर झाको निधनमा नेपाली सेनाले दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ। 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्