sevenstartv.com १० चैत २०८२, मङ्गलवार

बंगलादेशले पठायो भारतलाई कूटनीतिक नोट, हसीनालाई न्यायिक प्रक्रियाका लागि ढाका फिर्ता गर्न आग्रह

९ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । हसिना गत अगस्ट ५ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् । विद्यार्थी आन्दोलनको बीचमा उनी देश छोडेर भारत गएकी थिइन् ।

सो अघि शेख हसिना बंगलादेशमा २० वर्षसम्म सत्तामा रहेकी थिइन् । उनी पहिलो पटक २३ जुन १९९६ मा प्रधानमन्त्री बनेकी थिइन् । ढाकास्थित इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले हसिना र उनका मन्त्रीहरू, सल्लाहकारहरू, सैन्य र प्रशासनिक अधिकारीहरूविरुद्ध ुमानवता विरुद्धको अपराध र नरसंहारु को लागि पक्राउ पुर्जी जारी गरेको छ । 

अन्तरिम सरकारका विदेशमन्त्री तौहीद हुसेनले आफ्नो कार्यालयमा सञ्चारकर्मीहरुसँग हसीनालाई न्यायिक प्रक्रियाका लागि ढाका फिर्ता गर्न भारतलाई कूनीतिक सन्देश पठाएको जानकारी दिए । 

यसअघि गृह मन्त्रालयका सल्लाहकार जहाँगिर आलमले अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट सुपुर्दगी गर्न आफ्नो कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको जानकारी दिएका थिए । ढाका र नयाँ दिल्लीबीच सुपुर्दगी सन्धि भएको आलमले बताए । यो सन्धि अन्तर्गत हसिनालाई बंगलादेश फर्काउन सकिनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्