'वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन श्रम आप्रवासन नीति चाँडै ल्याउँछौँ'
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन छुट्टै श्रम आप्रवासन नीति बनाउने तयारीमा रहेको बताएका छन् ।
आज डा.गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार पारेको आप्रवासन नीतिको मस्यौदा बुझ्दै उनले समितिले तयार पारेको मस्यौदालाई आवश्यक छलफल र सुझावको आधारमा पूर्ण नीतिका रुपमा सरकारले चाँडै ल्याउने प्रतिवद्धता जनाएका हुन् ।
उनले श्रम क्षेत्रमा देखिएका बेथितिलाई समाधान गर्नको लागि श्रम अदालतको दायरा जिल्ला अदालतहरुमा समेत पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्न सरकारले नीतिगत रुपमा सुधार गर्ने पक्षमा रहेको बताएका छन् । उनले विदेश जानेहरुलाई सरकारले रोक्न नसकेपनि मुलुकमा र्फकाएर ल्याउने योजना बनाउन आवश्यक रहेको बताए ।

















