sevenstartv.com २० वैशाख २०८३, आइतवार

'तत्काल संविधान संशोधन हुन सक्दैन्'

२७ साउन २०८१, आइतवार स्टार संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन्  । 

उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएकाले सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पुर्‍याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताएका छन् ।

नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताएका हुन्। उनले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्‍याउनुपर्नेमा जोड दिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्