sevenstartv.com १० चैत २०८२, मङ्गलवार

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर, हजारौँ स्थानीय बासिन्दालाई घर छाड्न आदेश

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले हजारौँ स्थानीय बासिन्दालाई घर छाड्न आदेश दिएको छ । झन्डै पाँच सय जनाको उद्धार भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिक्टोरियाको आपतकालीन सेवा एजेन्सीका अनुसार मेलबर्नबाट लगभग दुई सय ४१ किलोमिटर पश्चिममा रहेको ग्राम्पियन्स नेशनल पार्क र वरपरको आगलागी नियन्त्रणबाहिर पुगेको हो । आगलागि भएको जङ्गलमा पर्याप्त कच्चा इन्धन रहेकाले निभाउन मुस्किल परिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । आगो ३४ हजार हेक्टरमा फैलिएको छ । 

गएको मंगलबार चट्याङ परेपछि जङ्गलमा आगो शुरु भएको थियो । हिजो शनिवार एक सय वटाभन्दा धेरै ट्याङ्कर र २५ वटा विमानसहित सयौँ अग्नि नियन्त्रक खटिए पनि आगो निभाउन नसकिएको खबरमा उल्लेख छ । अष्ट्रेलियाका अधिकारीहरूले यो गर्मीमा धेरै जङ्गली डढेलको उच्च जोखिम रहेको चेतावनी दिएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्