'संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्छ'
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
आज ललितपुरमा राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले अहिले पोलिटिक्स राइट्सहरु प्राप्त गरेका छौँ। जुन २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि हामीले प्राप्त गरेका अधिकारहरुलाई अब हामीले सुरक्षित राख्दै, परिमार्जित गर्दै कार्यान्वयन पक्षमा केही कमी कमजोरी भएको छ भने त्यसमा के गर्दा हुन्छ, भन्नेकुरामा हामीले हेर्नु राम्रो होला । म त अधिकार नै नभएको, राजनीतिक पार्टी ब्याण्ड भएको जमानाबाट हुर्किएको युवा हो। अहिले भएका अधिकारहरु कसरी हामीले कार्यान्वयन गर्नेरु त्यसबाट बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर हामी लाग्नुपर्छ।'
