sevenstartv.com १० चैत २०८२, मङ्गलवार

क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा

४ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप बनाएको दाबी गर्दै सन् २०२५ भित्र संसारभर उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयले मंगलबार मात्रै क्यान्सरको खोप बनाउन रुस सफल भएको औपचारिक घोषणा गरेको थियो । यो जानकारी रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमार्फत दिएका हुन् । रुसी समाचार एजेन्सी तासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई निः शुल्क दिइनेछ ।  रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । 

रुसको गामालेया नेशनल रिसर्च सेन्टर फर इपिडीमियोलोजी एण्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्टस्बर्गले खोपको परीक्षणबाट ट्युमरलाई नियन्त्रण गरेको र क्यान्सरका कोष विस्तार रोकिएको दाबी गरेका छन् । यो खोप कुन चरणको वा कस्तो खालको क्यान्सरको उपचारमा प्रयोग हुने भन्ने बारेमा भने केही खुलाइएको छैन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्