sevenstartv.com १० चैत २०८२, मङ्गलवार

बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु

२ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु भएको छ ।

विद्युतीय स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा मंगलबार मस्कोमा आणविक सुरक्षा बलका वरिष्ठ रुसी जनरलको मृत्यु भएको छ । रुसको अनुसन्धान समितिले यस्तो बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।

लेफ्टिनेन्ट जनरल आइगोर किरिल्लोभ रुसको आणविक, जैविक र रासायनिक संरक्षण सेनाका प्रमुख थिए । यस घटनाको जिम्मा अहिलेसम्म कसैले  पनि लिएको छैन । क्रेमलिनको दक्षिणपूर्वबाट झन्डै ७ किमि परको एउटा अपार्टमेन्ट भवनबाहिर उनी मारिएका हुन् ।

घटनामा आइगोर र उनको सहयोगी मारिएको समितिले भनेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्