sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको निधन

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका सिंहको ९३ वर्षको उमेरमा शनिबार राति गुरुग्रामको एक निजी अस्पतालमा निधन भएको हो ।

पीटीआईका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन् । 

पूर्व विदेशमन्त्री सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो । उनी सन् २००४-०५ मा यूपीए सरकारमा भारतका विदेशमन्त्री थिए । सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए जसलाई लिएर निकै विवाद पनि भएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्