कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी रहेको कांग्रेसले जनाएको छ ।
जारी बैठकमा नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । साथै आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कार्यसूचि छ ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो गर्दै आएका छन् ।
