sevenstartv.com १० चैत २०८२, मङ्गलवार

थाइल्याण्डको ताक प्रान्तमा बम विष्फोटः तीनको मृत्यु, ४८ घाइते

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

थाइल्याण्ड । थाइल्याण्डको उत्तरी ताक प्रान्तमा एक वार्षिक उत्सवमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन् । बम विस्फोटमा संलग्न दुई संदिग्धलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राष्ट्रिय प्रहरी प्रवक्ता अर्कायोन्ट क्राइथोङले प्रारम्भिक अनुसन्धानमा एक जना संदिग्धले विस्फोटक पदार्थ बोकेको स्वीकार गरेको बताउनु भयो ।

पाइतोङटार्नले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानूनी कठघरामा ल्याउन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न आगामी सबै चाडपर्वहरूमा सुरक्षा उपायहरू बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्