sevenstartv.com १० चैत २०८२, मङ्गलवार

अर्धसैनिक बलको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइतेः सुडानी सेना

३० मंसिर २०८१, आइतवार स्टार संवाददाता

सुडान ।  पश्चिमी सुडानको आवासीय भवन र विस्थापन शिविरहरूमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा भएको आक्रमणमा कम्तिमा ४५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएको सुडानी सेनाले जनाएको छ । विद्रोही मिलिशियाले एल फशरको दक्षिणी क्षेत्र, शहरको दक्षिणमा जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरमा रहेको आवासीय क्षेत्रलाई निशाना बनाएको थियो ।

आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन । मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफबीच भीषण झडप भएको छ । मध्य अप्रिल २०२३ देखि सुडान द्वन्द्वले ग्रसित छ । यस घातक द्वन्द्वको परिणाम स्वरूप २७ हजार भन्दा बढीको मृत्यु भएको छ भने सुडान भित्र वा बाहिर १ करोड ४० लाख मानिस विस्थापित भएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्