sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भारतको तमिलनाडुमा धेरै वर्षा

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतको तमिलनाडुमा धेरै वर्षाका कारण मदुरै र तिरुनेलवेलीलगायत धेरै जिल्लाहरूमा आज विद्यालयहरू बन्द गरिएका छन् । पुडुचेरीमा पनि विद्यालयहरू बन्द रहनेछन् ।

अङ्ग्रेजी पत्रिका द हिन्दूका अनुसार शुक्रबार मदुरै र मायेलादुतुराई बाहेक अन्य प्रभावित जिल्लाको विद्यालयमा आज बिदा दिने घोषणा गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार तिरुनेलवेलीमा भारी वर्षाका कारण धेरै ठाउँमा पानी जमेको छ ।

बुधबार रातिदेखि तमिलनाडुका धेरै क्षेत्रमा धेरै वर्षा भइरहेको छ । डिसेम्बर १३ सम्म यस्ता धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्