sevenstartv.com २० वैशाख २०८३, आइतवार

गायक तिमल्सिनाको निधन

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । ​ तिमल्सिनाको शनिबार साँझ निधन भएको हाे ।

घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन् । 

२०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्