sevenstartv.com २० वैशाख २०८३, आइतवार

गरिबीबाट मुक्त नगरेसम्म 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्ष पूरा हुँदैन : प्रधानमन्त्री ओली

२६ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्ष पूरा नहुने बताएका छन । लाइन्स क्लबले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक भएको बताए।

उनले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताए। आफूले सत्य र निष्ठाको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सका साथमा वर्तमान सरकार रहने बताए ।

प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुरालाई आधार मानेर गाली गलौज र बदनाम गर्नेको प्रवृत्ति सही नहुने बताए।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्