स्रोत नखुलेको दुई लाख बढी रुपैयाँसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । रौतहटमा स्रोत नखुलेको नेपाली दुई लाख बढी रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन ।
सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले शुक्रबार साँझ बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ वर्षीय रबिन्द्र कुमारलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गण गौरबाट खटिगएको मोबाइल गस्ती टोलीले बौधिमाई नगरपालिका वडा नं ७ अरुवा खोला छेउ सिमावर्ती इलाकाबाट उनलाई पक्राउ गरेको हो ।
भारत बिहार सितामढी जिल्ला बैरगनिया ३ असोगीका ३४ वर्षीय रबिन्द्रकुमार लाई २ लाख ११ हजार ८४० रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपाल आउनेक्रममा रबिन्द्रकुमार चढेको विआर ३० ए एफ ६९३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद रुपैयाँ र मोटरसाइकलको १ लाख ५० रुपैयाँ मूल्याङ्कनसहित इन्द्र कुमारलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको बताइएको छ ।

.gif)