पाँच जिल्लामा फैलियो हैजाको संक्रमण, ४७ जनामा संक्रमण पुष्टि
काठमाडौं । देशभर पाँच जिल्लामा हैजाको संक्रमण फैलिएको छ ।
ललितपुर, काठमाडौं, कैलाली, प्युठान र रुपन्देहीमा हैजाको संक्रमण फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना बढी हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूको आग्रह छ।

.gif)