sevenstartv.com २० वैशाख २०८३, आइतवार

श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

१४ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । एसीसी पुरुष अन्डर-नाइन्टिन एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ ।  यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर बलिङ गरेको हो।  ४९.४ ओभरमा सबै विकेट गुमाएर  श्रीलंकाले २३३ रन बनाएको हो । 

प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो। सो सिरिज ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्