sevenstartv.com २० वैशाख २०८३, आइतवार

कामु प्रधानसेनापति अशोकराज सिग्देलले आजदेखि कार्यभार सम्हाल्ने

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली सेनाले नयाँ प्रधानसेनापति पाएको छ । प्रधानसेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई बिहीबार आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले आजदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरिसकेका छन् ।

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्नेछन् । त्यसपछि उनी प्रधानसेनापतिको रुपमा काम गर्नेछन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्