sevenstartv.com १० चैत २०८२, मङ्गलवार

हाइटीका प्रधानमन्त्री गेरी कोनिल ६ महिनामै भए बर्खास्त

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । हाइटीका प्रधानमन्त्री गेरी कोनिल बर्खास्त भएका छन् । पद सम्हालेको छ महिनाभन्दा कम अवधिमै त्यहाँको सत्तारुढ परिषद्ले उनलाई पदबाट हटाएको हो । 

परिषद्का ९ मध्ये ८ पार्षद्हरूले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कोनिलको ठाउँमा व्यवसायी तथा हाइटीका पूर्व सांसद् अलिक्स दिदेयर फिल्स–एमीलाई नियुक्त गरेका छन् ।

संयुक्त राष्ट्र संघका पूर्व अधिकारी समेत रहेको कोनिलले हेइटीले गिरोहले मच्चाइरहेको उत्पातबाट बाहिर निकाल्ने र सन् २०१६ यता देशको पहिलो राष्ट्रपति निर्वाचनको लागि मार्ग प्रशस्त गर्न आशा गरिएको थियो । आफ्नो बर्खास्तीलाई कोनिलले गैरकानूनी भनेका छन् ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्