रहेनन् टिभी अभिनेता नितिन चौहान
काठमाडौं । भारतीय टेलिभिजन जगतका चर्चित अभिनेता नितिन चौहानको ३५ वर्षको उमेरमा निधन भएको छ ।
उनको मृत्युको कारणबारे कुनै आधिकारिक जानकारी खुलेको छैन । यद्यपि सह-कलाकारले चाहिँ अभिनेताले आत्महत्या गरेको बताएका छन् । नितिन चौहान अलीगढका बासिन्दा थिए । विगत केही वर्षदेखि उनी मुम्बईमा बस्दै आएका थिए ।
उनको मृत्युबारे परिवारका सदस्यहरूलाई सूचित गरिएको छ । परिवारजनले उनको शवलाई अलिगढ लगेको बताइएको छ ।
