sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भारतका प्रसिद्ध अर्थशास्त्री विवेक देवरोयको निधन

१६ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको निधन भएको छ । उनको आज बिहान ६९ वर्षको उमेरमा आन्द्रा बन्द भएको कारण निधन भएको हो ।

उनी भारतीप प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष समेत थिए । बेलायतको ट्रिनिटी कलेज तथा भारतको दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले पश्चिमा तथा पूर्वीय आर्थिक नीतिहरु दुवैमा दख्खल राख्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्को अध्यक्ष हुनुअघि उनले नीति आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । आयोगमा रहँदा उनले भारतीय रेलवेलाई आधुनिकीकरण गर्न भूमिका निर्वाह गरेका थिए ।

पूर्वीय साहित्यलाई अंग्रजीमा अनुवाद गर्ने काममा पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए । महाभारत, रामायण तथा चारवटै वेदलगायत विभिन्न संस्कृत कृतिहरूलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्