sevenstartv.com २० वैशाख २०८३, आइतवार

६ किलोभन्दा बढी कोकिनसहित विदेशी नागरिक पक्राउ

२४ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित एक जना विदेशी नागरिकलाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।

साउन २३ गते कतार एयरवेजको उडानद्वारा काठमाडौं आएका वर्ष ५१ का लाटभियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

आज काठमाडौंमा लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरी निजले बोकेको ह्याण्ड क्यारी सुटकेसभित्र लुकाई छिपाई राखेको शंकास्पद वस्तु चेक जाँच गरी परीक्षण गर्दा लागुऔषध कोकिन ६ किलो २४ ग्रामसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्