sevenstartv.com २० वैशाख २०८३, आइतवार

खानेपानी महसुल बढाएको भन्दै धरानमा मेयर साम्पाङविरुद्ध चर्को नाराबाजी

२४ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  धरान उपमहानगरपालिकाले बढाएको खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ । महसुल वृद्धिविरुद्ध धर्ना बसेकाहरु उपमहानगर परिसरमा छिर्न खोजेपछि केहीबेर धकेलाधकेलसमेत भएको थियो ।

विद्यार्थीसहित पुगेका प्रदर्शनकारीले धरान उप महानगरको गेटमा तोडफोड समेत गर्न थालेपछि प्रहरीसँग ठेलम ठेल समेत भएको थियो ।  त्यस क्रममा एक जना प्रहरी कर्मचारीको औंलामा चोट लागेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपीले जानकारी दिए ।

 खानेपानीको शुल्क र महासुल बढाएको विरोधमा उप महानगरपालिका घेराउमा पुगेकाहरूले मेयर साम्पाङविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजीपछि साम्पाङले आन्दोलनकारीलाई सम्बोधन गर्दै दलहरूलाई वार्ताका लागि आव्हान गरेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्