काठमाडौंमा एक जार पानीको मूल्य ४७ रुपैयाँ, बढी लिए कारबाही हुने
काठमाडौं । अब काठमाडौंमा पानीको जार बिक्री गर्दा ४७ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । सरकारले उपत्यकामा बिक्री गरिने पानीको अधिकतम खुद्रा मूल्य एमआरपी कायम राख्न सूचित गरेको हो।
सरकारले काठमाण्डौ उपत्यकामा बिक्री हुने २० लिटरको जारको पानी र एक लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य तोकेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निकालेर २० लिटरको जारको पानीको ४७ रुपैयाँ र एक लिटर बोतलको पानीको १६ रुपैयाँ तोकेको जानकारी गराएको हो । तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ।
पानी उत्पादक कम्पनीहरूले होटल र रेस्टुरेन्टसँग सम्झौता गरेर धेरै एमआरपी राखेको पाएपछि विभागले उनीहरूलाई सचेत गराएको हो । यस्तै, विभागले एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
