बागलुङ पहिराे : ७ वर्षीया बालिकाकाे शव भेटियाे, १० र ११ वर्षीय बालक अझै बेपत्ता
काठमाडौं । गएको मङ्गलवार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् ।पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो ।
१० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।पहिरोले पुरेर ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलवार नै फेला परेको थियो ।
तीन वर्षीय आरुस थापाको शव बुधवार दिउँसो भेटिएको थियो ।यस्तै पहिरोमा परी घाइते भएका तीन जनाको काठमाण्डौको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
