sevenstartv.com ९ चैत २०८२, सोमवार

'चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटना भयो'

२४ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । 

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी आज संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानविन समितिले दिने बताए । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ । महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्