sevenstartv.com २० वैशाख २०८३, आइतवार

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

२४ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सर्वसम्मत पास गरेको छ ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गरेको हो । प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् ।  

उनले प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जनाइन्। २९ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्न आग्रह गरेर पत्र लेखिने उनले बताइन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्