सम्पदा संरक्षणमा कुनै सम्झौता हुँदैन् : चिरिबाबु महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
आज ललतिपुरमा तस्बिरमा नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा उनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गरेका हुन् ।
उनले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताए । उनले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको उल्लेख गरे । उनले ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि बताएका छन् । उनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुनेगरी काम गरेको दाबी गरे । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताए ।
