sevenstartv.com २० वैशाख २०८३, आइतवार

राष्ट्रपतिद्वारा मन्त्रीहरुको मर्यादाक्रममा हेरफेर

२४ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मर्यादाक्रममा हेरफेर गरिएको हो । नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री पछिको वरीयतामा उपप्रधानमन्त्री प्रकाशमान सिंह रहेका छन् । त्यसपछि अर्का उपप्रधानमन्त्री विष्णु पौडेल रहेका छन् भने चौथो नम्बरमा मन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयताक्रम घटाइएको छ । पौडेल यसअघि मन्त्रिपरिषद्को १४औं वरीयता क्रममा रहेका थिए । हेरफेर अनुसार उनको वरीयताक्रम १६ औं कायम गरिएको छ ।

हाल १४ औं वरीयता क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे छन् । मन्त्री पाण्डे यसअघि १६ औं वरीयता क्रममा थिए । मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयताक्रम हेरफेर गरिएको छ ।

अरू मन्त्रीको वरीयताक्रम यथावत् रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्