sevenstartv.com ११ चैत २०८२, बुधवार

इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु

३ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।  

बम विष्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चारमाध्यमले जनाएको छ । इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमबारी गरेको बताइएको छ । इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन् । 

सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमाबाट हमासको घुसपैठको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो आक्रमण सुरु गर्यो जसमा लगभग एक हजार दुई सय मानिसहरू मारिए र लगभग २५० बन्धक बनाइयो । 

गाजा पट्टीमा जारी इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार ५०० पुगेका छन् ।
 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्